
विराटनगर, ११ भदौ
हिजो मात्र मुख्यमन्त्रीको सपथ लिएका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज दुई जना मन्त्री नियुक्त गरेका छन् । उनले प्रदेश सांसद समेत रहेका तेह्रथुम र ताप्लेजुङका एमाले पार्टी अध्यक्ष लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मन्त्री नियुक्त गरेका हुन् ।
ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका सांसद तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । उनीहरुले आज सपथ लिएका छन् । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका साम्सोहाङ र तिवारी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि भने एमालेमै रहेका थिए ।



