About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ माघ
तराईमा निकै चिसो बढेको छ । चिसोले जनजीवन प्रभावित बन्दै गएको छ । चिसोसँग बढेको शितलहरबाट जोगाउन उर्लाबारी–३ वडा कार्यालयले चौक चौकमा दाउराको व्यवस्था गरिदिएको छ ।
सालबारी सामुदायिक वनसँगको समन्वयमा वडा नं. ३ का विभिन्न चौकमा आगो बाल्नका लागि दाउराको व्यवस्था मिलाइएको वडाध्यक्ष भीष्मराज बुढाथोकीले बताए । दाउरा ढुवानीका लागि जिल्ला समन्वय समितिका सदस्य समेत रहेको वडा सदस्य मित्र ढकालले आफ्नो ट्याक्टर निःशुल्क उपलब्ध गराएका छन् । दाउरा ल्याउनका लागि वडाध्यक्ष बुढाथोकीसहित स्थानीय युवाहरु वेदनिधि रिजाल, भरत ढकाल, विकु थापा, शेखर कार्कीलगायत खटेका थिए ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय