About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १० भदौ
नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त भएका छन् । यसअघिका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरेपछि आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष आजै सपथ लिएका छन् । मुख्यमन्त्रीको सपथ लिएसँगै आचार्यले बहुमत जोगाउने दाबी गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेका ५२ सांसद छन् । तर एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् टुंगो छैन ।
यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नेछन् । आचार्यले भने प्रदेशसभामा एमालेकै बहुमत कायम राख्ने दाबी गरेका छन् । शपथ लिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आचार्यले भने, ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं । र, आफ्नै संख्या (बहुमत) पनि पु¥याउँछौं ।’ उनले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय