About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २४ पुस
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखले दिएको समय सीमाभित्रै नेकपा एमाले सांसदीय दलको नेता कार्कीले ६० सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । झापा क्षेत्र नम्बर ५ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका ६० सांसदले समर्थन गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय