About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ पुस
मोरङको उर्लाबारीमा आज आयोजित एक कार्यक्रममा तीनै तहका जनप्रतिनिधिले आपसी समन्वय गरी विकास निर्माणका कार्यमा लाग्ने बताएका छन् । उर्लाबारी–७ स्थित देवीस्थान दुर्गा मन्दिरको २३ औं वार्षिक साधारणसभामा संघीय सांसद, प्रदेश सांसद र नगरपालिकाका जनप्रतिनिधिले तीनै तहको समन्वयमा उर्लाबारीलाई समृद्ध बनाउन लाग्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नं. १ का संघीय सांसद डिगबहादुर लिम्बूले यस क्षेत्रको विकासमा नगरपालिकाका जनप्रतिनिधि, प्रदेश सांसदसँगै रहेर कार्य गर्ने बताए । ‘हामीले चुनावका बेला धेरै प्रतिबद्धता व्यक्त गरेको छौं, ती प्रतिवद्धता पूरा गर्न प्रयत्न हुनेछ’ उनले भने, ‘वडा, नगर, प्रदेश र संघका प्रतिनिधिले आ–आफ्नो क्षेत्रबाट विकासका कार्यलाई अघि बढाउने हो ।’
यस्तै, प्रदेश सांसदद्वय शोभा चेम्जोङ पालुङ्वा र विद्या चाम्लिङले पनि जनताको मतले आफूहरु निर्वाचित भएको हुँदा जनताकै सुख, दुःखमा साथमा रहेर कार्य गर्ने धारणा राखे । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले उर्लाबारीलाई समृद्ध नगर बनाउन आफूहरु लागिपरेको बताउँदै नगरको विकासमा प्रदेश र संघीय सांसदहरुबाट पनि उल्लेख्य भूमिका निर्वाह हुने विश्वास व्यक्त गरिन् । तीनै तहका प्रतिनिधि मिलेर विकासलाई मूर्त रुप लिने उनको भनाई थियो । यस्तै, उर्लाबारी–७ की वडाध्यक्ष उर्मिला थापाले वडाको विकासमा आफूहरुको ध्यान केन्द्रीत रहेको बताइन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदार रिजालको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष रिजालसहित सचिव ज्ञानेन्द्रप्रसाद आचार्य, कोषाध्यक्ष ज्ञानेन्द्र ओली र लेखा समिति संयोजक राजेश रिजालले प्रतिवेदन पेश गरेका थिए । साधारणसभाको अवसरमा मन्दिर व्यवस्थापन समितिले संघीय सांसद डिगबहादुर लिम्बू, प्रदेश सांसदहरु उमाकान्त गौतम, शोभा चेम्जोङ पालुङ्वा र विद्या चाम्लिङ, नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष उर्मिला थापालाई सम्मान गरेको अध्यक्ष केदार रिजालले बताए ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय