About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २० पुस
उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठकले उर्लाबारी भएर बग्ने खोलाको ठेक्का प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । आज बसेको बैठकले सुन्झोडा खोला र सोल्टी, नुनसरी, बक्राहा खोलाको छुट्टाछुट्टै ठेक्का खोल्ने निर्णय गरेको हो ।
नगर प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीका अनुसार सोल्टी, नुनसरी र बक्राहा खोला १ करोड ६२ लाख ४३ हजार ६५ र सुनझोडा खोला २४ लाख ८९ हजार ५७५ रुपियाँ न्यूनतम कबोल अंकमा ठेक्का खोल्ने निर्णय भएको हो । आर्थिक वर्ष सुरु भएको छ महिनासम्म पनि खोला ठेक्का प्रक्रिया अघि बढ्न सकेको थिएन ।
यस्तै, कार्यपालिका बैठकले नगरपालिकाबाट तीन वटा योजना छनोट गरी राष्ट्रिय योजना आयोगमा पठाएको छ । उर्लाबारी–३ रामनगर चौक उत्तर तेली खोलामा पुल निर्माण, उर्लाबारी–९ लामा टोलमा सडक तथा ड्रेन निर्माण र उर्लाबारी–६ खानेपानी मार्ग कालोपत्रे योजना छनोट गरी आयोगमा पठाइएको प्रवक्ता बुढाथोकीले बताए ।
नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले नगर क्षेत्रमा भएका सामुदायिक वनको नियमित अनुगमन गर्ने, प्रस्तावित उर्लाबारी रंगशाला, सुनझोडा वनदेखि बाह्रकोठे हुँदै जाँते जाने बाटोको डिपिआर गर्ने लगायतका निर्णय गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय