About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १५ पुस
महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि क्यान्सरसँग पिडित थिए ।
इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरिन् । हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको हो । हामी तपाईंलाई धेरै माया गर्छौँ । हार्दिक श्रद्धाञ्जली ।
पेलेले आफ्नो देश ब्राजिलका लागि तीन पटक सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि जिताउन सफल भएका थिए । पेलेले जम्मा ४ वटा विश्वकप खेले । जसका तीनवटाको उपाधि उचाले । उनी तीन पटक विश्वकप जित्ने एक्ला खेलाडी हुन् । उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टिमबाट सन्यास लिएका थिए ।
पेलेले आफ्नो फुटबल करिअरमा जम्मा १३ सय ६३ खेल खेले । जसमा उनले १२ सय ८१ गोल गरे । ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय