About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरीले परम्परागत खेतीलाई ब्यवसायिक खेतिमा रुपान्तरण गर्न सकेमात्र कृषकको उन्नती हुने बताउनुभएको छ । शनेश कृषि शहकारी सस्था इटहरी १८ तेश्रो साधारणसभा उदघाटन गर्दै उहाँले कृषिलाई आधुनिक र ब्यबसायिक बनाउनुपर्नेमा जोड दिनुभयो ।
उपमेयर चौधरीले इटहरी उपमहानगरले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाउनुभयो । उहाँले नगरपालिका मार्फत कृषकलाई पचास प्रतिशत अनुदानमा पावर टिलर बितरण,कुलो पैनी मर्मत,मोटर वोरिङ्गबितरण,उन्नत जातको मकै बितरण गर्न लागेको समेत जानकारी दिनुभयो । उहाँले उपमेयर आत्मनिर्भर कार्यक्रम मार्फत एक शहकारी एक शीप कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।उहाँले इटहरी उपमहानगरपालिकाले नमूना कृषि शहकारीलाई २ लाखका दरले प्रोत्साहन गर्ने नीति रहेको जानकारी दिनुभयो । उपमेयर चौधरीले सहकारी सँस्थाको हिसावकिताव चुस्त दुरुस्त राख्न ब्यवस्थापकहरुका लागि तालिम पनि आयोजना गर्ने जानकारी दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय