About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटचौक,सुनसरीको दुहबी नगरपालिका १ परास्टोकीमा साढे २ अर्ब लगानीमा रोलिङ्स मिल्स सञ्चालनमा आएको छ। बजरङ्ग टिमटी छड उत्पादक स्वस्तिक रोलिङ मिलले मोरङको विराटचोकमा पत्रकार सम्मेलन गरी उद्योग सञ्चालनमा आएको जानकारी गराएको हो । परीक्षण उत्पादनको अवधिमै नेपाल गुणस्तर चिन्ह प्राप्त गर्न सफल सो उद्योगले बजरङ्ग टिमटी छड, बिलेट, एङ्गल, च्यानल र आई–बिम उत्पादन गर्ने उद्योगका निर्देशक रमेश राठीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादन गुणस्तर र निर्माणमैत्री भएकाले बजारको मागअनुसार आपूर्ति गर्न धौ–धौ परिरहेको छ ।

उद्योगले दैनिक ५०० टन क्षमतामा उत्पादन गर्दै आएको छ । उद्योगका निर्देशक राजकुमार गोल्छाले गुणस्तरीय टीएमटी छडको मागलाई धान्न स्वदेशी उत्पादनमा जोड दिएको बताउनुभयो । युरोपियन प्रविधिमा आधारित सो उद्योगमा सबै प्लान्टहरू स्वचालित रहेको बताइएको छ ।उद्योगमा विराटनगरका औद्योगिक घराना राजकुमार राठी, जीवन रिजाल, रमेश राठी,हिमाशु गोल्छा र गुडु अहमतको लगानी रहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय