About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ९ भदौ
आगामी भदौ ३१ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा दुई समूह प्यानल बनाएर चुनावी मैदानमा उत्रिने भएका छन् । तर, उम्मेद्वारी घोषणा गर्ने विषयमा भने दुवै समूहले पर्ख र हेरको रणनीति अपनाएका छन् । दुवै समूहले अध्यक्ष पदको उम्मेद्वार भने यसअघि नै तय गरिसकेका छन् । नेपाली काँग्रेस निकट व्यवसायीको तर्फबाट तारामान सेरेङ लिम्बू र नेकपा एमाले निकट व्यवसायीको तर्फबाट शेरबहादुर भण्डारी अध्यक्षको उम्मेद्वार बनेका छन् ।
अन्य पदमा को को उम्मेद्वार बन्ने भन्ने विषयमा दुवै समूहले करिब टुंगो लगाएपनि घोषणा गरेका छैनन् । एमालेले नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र र राप्रपासँग गठबन्धन गरेर प्यालन घोषणा गर्ने भएको छ । सो समूहमा मूख्य ८ पद मध्ये एमालेबाट अध्यक्षसहित चार, माओवादीबाट बरिष्ठ उपाध्यक्षसहित तीन र राप्रपाबाट एक जना उम्मेद्वार बनाउने सहमति भएको स्रोतले जनाएको छ । यो समूहबाट उम्मेद्वारको टुंगो लगाएपनि नाम सार्वजनिक गरेको छैन । यो समूहबाट बरिष्ठ उपाध्यक्षमा यमलाल रसाइली, उपाध्यक्षद्वयमा जंगबहादुर कार्की, पवन चौधरी, महासचिवमा सम्झना खतिवडालगायत उम्मेद्वार बन्ने स्रोतले जनाएको छ ।
यस्तै, काँग्रेस निकट व्यवसायीहरुले जसपा र लिम्बुवान निकट व्यवसायीहरुसँग गठबन्धन गरेर प्यानल बनाउने सम्भावना रहेको छ । सो समूहले पनि उम्मेद्वारका विषयमा करिब टुंगो लगाइसकेको छ ।
अहिले कुन समूहले पहिले उम्मेद्वारको नामावली सार्वजनिक गर्ने भन्ने हानाथाप जस्तै देखिएको छ । एक समूहले घोषणा गर्ने बित्तिकै अर्को समूहले पनि घोषणा गर्ने बुझिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय