About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ९ पुस
सामुदायिक कुकुरको संख्या घटाउन तथा कुकुरमा लाग्ने विभिन्न प्रकारका रोगहरुको नियन्त्रण गर्ने उद्देश्यका साथ उर्लाबारीमा कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन गरिएको छ । सडकमा रहेका तथा सामुदायिक कुकुरले मानिस तथा पुश चौपायलाई टोक्न थालेपछि उर्लाबारी नगरपालिकाले छाडा कुकुरको व्यवस्थापनमा सक्रियता देखाएको हो ।
नेपाल एग्री लाइभष्टक ट्रेनिङ एण्ड रिसर्च इटहरीको प्राविधिक सहयोगरहेको शिविर पुष १० गतेसम्म सञ्चालन हुने छ । नगरपालिकाले विगत दुई वर्षदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । यस पटक दुई सय वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको पशु स्वास्थ्य शाखा प्रमुख बद्री भट्टराईले जानकारी दिए ।
विगत बर्षमा तीन सय ५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको हुँदा उर्लाबारीमा कुकुरको प्रजननदरमा कमी आएको पशु शाखाका स्वास्थ्य प्राविधिक विष्णुप्रसाद भट्टराईको दाबी छ । ‘पहिले सामुदायिक कुकुरको बच्चा धेरै देखिन्थ्यो तर अहिले त्यो दरमा कमी आएको छ,’ भट्टराईले भने । स्वास्थ्य प्राविधिक भट्टराईले सडक सामुदायिक कुकुरको न्युनिकरण र रेविज उन्मुलनका लागि विश्वमा बन्ध्याकरण बाहेक अरु कुनै विधि नरहेको बताए ।
उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले छाडा कुकुरका कारण विभिन्न वडामा पशु चौपायामा समेत क्षति पुगेको बताउँदै कुकुरबाट उत्पन्न हुने जोखिम न्युनिकरणमा शिविर उपयोगी हुने विश्वास व्यक्त गरिन् । पछिल्लो समय विभिन्न सहरमा सामुदायिक कुकुर नियन्त्रणका लागि विष सेवन गराएर मार्ने गरिएको थियो । यसरी पशुलाई विष सेवन गराएर मार्न नहुने आवाजहरु बेला – बेला उठिरहदा उर्लाबारीमा भने यस प्रकारको शिविर सञ्चालन भएकोमा पशु अधिकारकर्मीहरुले यस कार्यको स्वागत गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय