About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ५ पुस
उर्लाबारी–७ की क्यान्सर रोग पीडित विष्णुमाया गुरूङको उपचारका लागि नेपाल दर्शन कलेज र नेपाल आदर्श अंग्रेजी माविले नगद सहयोग गरेको छ । कलेज तथा विद्यालयका शिक्षक तथा विद्यार्थीको तर्फबाट ३५ हजार रुपैयाँ आज क्यान्सर पीडित विष्णुमायालाई प्रदान गरिएको छ ।
प्रिन्सिपल सविना खड्का कार्कीले पीडित गुरुङलाई उक्त रकम हस्तान्तरण गरिन् । कलेज र विद्यालयका शिक्षक तथा विद्यार्थीले खाजा खर्च कटाएर बिरामीको उपचारमा सहयोग गरेको कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद पौडेलले बताए ।
आर्थिक अवस्था कमजोर भएकी गुरूङको उपचारमा समस्या भएपछि उनका छरछिमेकीले सहयोग संकलन अभियान सञ्चालन गरेका छन् । स्तन क्यान्सरबाट पीडित विष्णुमायाको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेपनि रकम अभावका कारण उनी अहिले उर्लाबारी फर्किएकी छिन् । हालसम्म लाखौं रकम खर्च भएको र थप उपचार गर्न आफूसँग पैसा नभएकाले घर फर्किएको उनले बताइन् । सबैको सहयोग प्राप्त भए उपचारमा सहजता हुने गुरुङको भनाई छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय