About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ पुस
‘उर्लाबारी प्याव्सन स्पोर्टस् मिट २०७९’ सम्पन्न भएको छ । पुस १ देखि ३ गतेसम्म सञ्चालित प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्र फुटबल र छात्र फुटसल खेल गराइएको थियो ।
छात्र भलिबलतर्फ मोरङ मोडल बोर्डिङ स्कुल प्रथम, भृकुटी मोडल एकाडेमी दोस्रो र सनसाइन बोर्डिङ स्कुल तेस्रो भए । छात्रा भलिबलमा झारसाँदी बोर्डिङ स्कुल प्रथम, सप्तकोशी बोर्डिङ स्कुल दोस्रो र सनसाइन बोर्डिङले तेस्रो स्थान हात पारेको प्रतियोगिताका कार्यक्रम संयोजक सूर्य पौडेलले जानकारी दिए ।
यस्तै, छात्र फुटबलमा विद्याज्योति बोर्डिङ, सुनगाभा बोर्डिङ र सनसाइन बोर्डिङ क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । छात्र फुटसलतर्फ सनसाइन प्रथम, पशुपति आमावि दोस्रो र पार्लेन्स इन्टरनेशनल एकाडेमी तेस्रो भए ।
प्रतियोगिताका विजेता, उपविजेता तथा तेस्रो स्थान हासिल गर्ने टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि प्याव्सनका केन्द्रीय उपाधयक्ष नारायणप्रसाद घिमिरे, केन्द्रीय सदस्य केदार खनाल, पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, प्याव्सन मोरङका उपाध्यक्ष सुरेन्द्र सुवेदीलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे । प्याव्सन उर्लाबारीका अध्यक्ष दिनेश पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक सूर्य पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
प्रतियोगिताको उद्घाटन, समापन कार्यक्रमका साथै छात्रछात्राको भलिबल खेल सप्तकोशी बोर्डिङ स्कुलको खेलमैदानमा भएको थियो । फुटबल खेल राधिका मावि उर्लाबारी–६ को खेलमैदानमा र फुटसल खेल उर्लाबारी फुटसल मैदानमा भएको थियो । प्रतियोगितामा नगर प्याव्सनमा आवद्ध १८ विद्यालयले सहभागिता जनाएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय