About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ पुस
उर्लाबारी–६ स्थित राधिका माविका स्काउटमा आवद्ध छात्रछात्राहरुलाई दीक्षान्त समारोह आयोजना गरी दीक्षित गरिएको छ । शुक्रबार विद्यालय परिसरमा विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेलको अध्यक्षता र उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा उपमेयर पौडेलले बिग्रँदो समाजलाई मर्यादित बनाउन स्काउटको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले हामी सबैले समाजमा रहेको विकृति हटाउन जरुरी रहेको र त्यस कार्यका लागि स्काउट अग्रसर हुनुपर्नेमा जोड दिइन् । स्काउटको भूमिका बालबालिकाप्रति सकारात्मक रहेको उनले बताइन् ।


उपमेयर पौडेलले राधिका माविको स्काउटमा दीक्षित ५० जना छात्रछात्रालाई सुशोभन गराएकी थिइन् भने स्काउटकी उर्लाबारी नगर संयोजक कविता खनालले पद तथा गोपनियताको सपथग्रहण गराएइन् । कार्यक्रममा स्काउटका दमक नगर संयोजक ओमप्रसाद आचार्य, प्रदेश स्काउट कार्यालयका अधिकृत नवराज घिमिरे, ६ नम्बर वडा सदस्य दुर्गावती लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईलगायत अभिभावक, शिक्षकहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
शिक्षक ऋषिकेश खनालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन स्काउट लिडर सन्तोष पौडेलले गरेका थिए । कार्यक्रममा दीक्षित विद्यार्थीहरुलाई स्काउटको नीति नियम, अनुशासन, शारीरिक, मानसिक, वौद्धिक विकास, विपद व्यवस्थापनमा स्काउटको भूमिकाका बारेमा वक्ताहरुले अवगत गराएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय