About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ पुस
‘उर्लाबारी प्याव्सन स्पोर्टस् मिट २०७९’ सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताको आज एक कार्यक्रमका बीच मोरङ क्षेत्र नं. १ (१) का प्रदेश सांसद उमाकान्त गौतमले उद्घाटन गरे ।
सप्तकोशी बोर्डिङ स्कुलको खेलमैदानमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद गौतमसहित उर्लाबारी– ४ का वडाध्यक्ष कल्याणकुमार राई, प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, उर्लाबारी नगर शिक्षा समितिका सदस्य पूर्ण घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रम प्याव्सन उर्लाबारीका अध्यक्ष दिनेश पोख्रेलको सभापतित्वमा भएको थियो ।


तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत भलिबल र फुटसल खेल आज सुरु भएको छ । फुटबल भने भोलिबाट सुरु हुने कार्यक्रम संयोजक सूर्य पौडेलले जानकारी दिए । नगर प्याव्सनमा आवद्ध १८ विद्यालयले सहभागिता जनाएको प्रतियोगिता अन्तर्गत छात्रछात्राको भलिबल खेल सप्तकोशी बोर्डिङ स्कुलमा भइरहेका छ ।
यस्तै, विद्यालयस्तरीय फुटबल प्रतियोगिता भने राधिका मावि उर्लाबारी–६ को खेलमैदानमा भोलिबाट सुरु हुदै छ । ८ कक्षा मुनिका विद्यार्थीबीच फुटसल खेल उर्लाबारी फुटसल मैदानमा भइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय