About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २८ मंसिर
‘उर्लाबारी प्याव्सन स्पोर्टस् मिट २०७९’ पुस १ देखि ३ गतेसम्म सञ्चालन हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिको आयोजनामा नगरभित्र रहेका प्याव्सन आवद्ध विद्यालयबीच विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।
प्याव्सन नगर अध्यक्ष दिनेश पोख्रेलका अनुसार तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल र फुटसल खेल सञ्चालन हुनेछन् । नगर प्याव्सनमा आवद्ध १८ विद्यालयले सहभागिता जनाउने प्रतियोगिता अन्तर्गत छात्रछात्राको भलिबल खेल सप्तकोशी बोर्डिङ स्कुलमा हुने भएको छ । भलिबलमा कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउने अध्यक्ष पोख्रेलले बताए ।
यस्तै, विद्यालयस्तरीय फुटबल प्रतियोगिता भने राधिका मावि उर्लाबारी–६ को खेलमैदानमा हुने भएको छ । ८ कक्षा मुनिका विद्यार्थीबीच हुने फुटसल खेल उर्लाबारी फुटसल मैदानमा हुने कार्यतालिका रहेको छ । पुस १ गते सप्तकोशी बोर्डिङको खेलमैदानमा एक कार्यक्रमका बीच प्रतियोगिता उद्घाटन गरिने अध्यक्ष दिनेश पोख्रेलले बताए । कार्यक्रममा मोरङ क्षेत्र नं. १ (१) बाट निर्वाचित प्रदेश सांसद उमाकान्त गौतमको प्रमुख आतिथ्यता रहने प्याव्सन उर्लाबारीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय