About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २८ मंसिर
उर्लाबारीमा निलडेभिड युनिसेक्स हेयर सैलुन, ब्युटी पार्लर र ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । उर्लाबारी–७ स्थित मिनी मार्केटमा सञ्चालनमा आएको सो ट्रेनिङ सेन्टरको आज एक कार्यक्रमका बीच हेयर स्टाइलिष्ट निलडेभिड कटुवाल र उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनादेवी पौडेल खतिवडाले उद्घाटन गरे ।
उर्लाबारीकी मिरा बस्नेतले निल डेभिडको फ्रेञ्चाइजी ब्राण्ड सञ्चालनमा ल्याएकी हुन् । हेयर स्टाइलप्रेमीहरुलाई लक्षित गरी यो फ्रेञ्चाइजी ब्राण्ड सञ्चालनमा ल्याइएको निलडेभिड कटुवालले बताए । निलडेभिडले युवायुवतीमा हेयर फेशनप्रतिको रुची बढेको पाइएको सञ्चालक मिरा बस्नेतको भनाई छ । सो सैलुनबाट महिला र पुरुष दुवैको अनुहार र शरीर सुहाउँदो हेयर स्टाइल, हेयर स्ट्रेट, फेसियल, मेकअप, मेहेन्दी, नेलआर्ट लगायतका सेवा उपलब्ध गराइने उनले बताइन् ।
महिला र पुरुषलाई एकै छानामुनि अन्तर्राष्ट्रियस्तरको आधुनिक कपाल र सौन्दर्य सम्बन्धी सेवा प्रदान गर्ने हेतुले सैलुन सञ्चालनमा ल्याएको उनको भनाई छ । निलडेभिडको काठमाडौं र मोफसलमा बाहेका भारतका विभिन्न सहरमा पनि सैलुन सञ्चालन गरिरहेका छन् । बस्नेतले पथरीशनिश्चरेमा पनि निलडेभिड युनिसेक्स हेयर सैलुन एण्ड ब्युटी पार्लर र ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएकी छिन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय