About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ मंसिर
मोरङको उर्लाबारीमा सम्पन्न प्रथम उर्लाबारी कप भेट्रान फुटवल प्रतियोगिताको उपाधि सुनसरीको धरान भेट्रान फुटवल क्लबले जितेको छ ।
उर्लाबारी भेट्रान क्लबको आयोजनामा उर्लाबारीस्थित राधिका माविको खेल मैदानमा आज सम्पन्न फाईनलमा मोरङको विराटनगर भेट्रानलाई ट्राइवेकरमा पराजित गर्दै धरानले उपाधि जितेको हो ।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र विशिष्ट अतिथि एन्फा केन्द्रिय सदस्य दिपेन्द्र धिमालले विजेता र उप(विजेतालाई ट्रफी तथा नगद पुरस्कार वितरण गरे । प्रतियोगिता समापनको अवरसमा बोल्दै नगरपालिका प्रमुख खरेलले अबको समृद्व नगर भनेको खेलाडी र खेलकुदको विकास सहितको नगर हुने र त्यसका निम्ति नगरले खेलकुद ऐन बनाएर खेलकुद विकासका निम्ति अघि बढिरहेको बताए । उर्लाबारी भेट्रानका अध्यक्ष दिपक पोमू लिम्बूका अनुसार प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय