About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ मंसिर
उर्लाबारी–६ स्थित सूर्य बचत तथा ऋण सहकारी संस्थाले २२ औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । मंगलबार संस्थाले सम्मान र रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
महारुद्र शिवालय मन्दिरमा भएको कार्यक्रममा संस्थापक शेयर सदस्य, ज्येष्ठ शेयर सदस्य, एकल महिला, असल ऋणीलगायगलाई सम्मान गरियो । संस्था स्थापना कालका १०८ शेयर सदस्यलाई प्रमुख अतिथि उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, अध्यक्ष तेजनाथ घिमिरेले सम्मान गरे । यस्तै ज्येष्ठ शेयर सदस्य डिल्लीराम कार्की र पदमकुमारी बोहोरा, एकल महिला राधादेवी कट्वाल, यसोदा दाहाल, इन्द्रकला भण्डारी, रमादेवी खतिवडा र अम्बिका भट्टराईलाई सम्मान गरिएको अध्यक्ष घिमिरेले बताए । असल ऋणीतर्फ भीमबहादुर श्रेष्ठ, नेत्रकुमार राई, मन्जु राई, लक्ष्मी ढुंगाना, सुनिताकुमारी महाजू, तिलकप्रसाद कोइराला, गौरी सङ्मी, शेरबहादुर लिम्बू, असल बचतकर्ता पवित्रा लामिछाने, वबिता ढुङ्गाना, लगनवति धामी, रामचन्द्र तिम्सिना, गीता भट्टराई, विरेन्द्रकुमार श्रेष्ठ र विनोद भट्टराईलाई सम्मान गरियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरेले १०८ जनाबाट सुरुभएको सूर्य बचतमा अहिले ३५ सय शेयर सदस्य पुगेको बताए । विगतदेखि नै शेयर सदस्यलाई १८ प्रतिशत बोनस वितरण गर्दै आएको उनले बताए । सूर्य साकोसले मिक्लाजुङ–३ मोरङको चुरे फेदी महिला बचत तथा ऋण सहकारीसँग संस्था एकीकरणको प्रक्रिया अघि बढाएको अध्यक्ष घिमिरेले बताए ।
सो अवसरमा प्रमुख अतिथि वडाध्यक्ष चिन्तामणि पौडेल, संस्थापक अध्यक्ष राजु बुढाथोकी, चुरेफेदी महिला साकोसकी अध्यक्ष मीना कार्की, सामुदायिक विकास मञ्चका निवर्तमान अध्यक्ष ढुण्डुराज भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष तेजनाथ घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा सदस्य नेत्रकुमारी श्रेष्ठ भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन् भने उपाध्यक्ष नारदमणि नेपालले सञ्चालन गरेका थिए ।
यसअघि मंगलबार बिहान भएको रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत संकलन भएको थियो । नेपाल रेडक्रस सोसाइटी उर्लाबारीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय