
उर्लाबारी, १९ मंसिर
उर्लाबारी नगर खेलकुद विकास समितिको उपाध्यक्षमा डिल्ली खतिवडा नियुक्त भएका छन् । उर्लाबारी नगर कार्यपालिकाको आज बसेको बैठकले उर्लाबारी–४ का खतिवडालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको नगर प्रवक्ता भीष्मराज बुढाथोकीले जनकारी दिए ।
नगर कार्यपालिकाबाट खेलकुद विकास समितिको सदस्यमा यसअघि विजय माझी, मञ्जु लिम्बू र मानबहादुर थोप्रा चयन भइसकेका छन् । नगर खेलकुद विकास समितिको अध्यक्ष नगर प्रमुख पदेन रहने व्यवस्था छ ।



