About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ मंसिर
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिको तेस्रो साधारणसभा सम्पन्न भएको छ । आज उर्लाबारी–७ स्थित भृकुटी मोडल एकाडेमीको सभाहलमा आयोजित साधारणसभामा शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिसहित सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरियो ।
प्याव्सनका केन्द्रीय सदस्य केदार खनालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा शिक्षा र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पशुपति बोर्डिङ स्कुल उर्लाबारीका संस्थापक विजयकुमार कार्कीलाई सम्मान गरियो । यस्तै, २०७८ सालको एसइई परीक्षामा प्याव्सन आवद्ध विद्यालयमध्ये सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने छात्रतर्फ आदर्श भट्टराई र छात्रातर्फ स्नेहा राईलाई नगद दुई हजार पाँच सयसहित पुरस्कृत गरिएको अध्यक्ष दिनेश पोख्रेलले जानकारी दिए । भट्टराईले ४ जिपिए र राईले ३.९५ जिपिएर ल्याएका थिए । दुवै जनाले पशुपति आमाविबाट एसइई दिएका थिए ।
साधारणसभाको अवसरमा अध्यक्ष दिनेश पोख्रेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सामाजिक कार्य अन्तर्गत रक्तदान, सरसफाई, दीप प्रज्ज्वलन, बिरामी विद्यार्थीलाई आर्थिक सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, कक्षा १ देखि ३ को एकीकृत पाठयक्रम सम्बन्धी शिक्षकहरुलाई तालिम, पूर्व प्राथमिक तहको पाठ्यक्रम सम्बन्धी कार्यशाला, कक्षा ४, ७ र ९ को पाठ्यक्रम सम्बन्धी तालिम सम्पन्न गरेको उल्लेख छ । यसअवधिमा विभिन्न तह र विषयका गरी २२९ जना शिक्षक शिक्षिकाले तालिम लिएको जनाइएको छ । यस्तै, अन्तर विद्यालयस्तरीय चित्रकला, नृत्य, हिज्जे प्रतियोगिता सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ । उर्लाबारी प्याव्सनले संगठनको नीति, कार्यक्रमका साथै स्थानीय सरकार, शिक्षासँग सरोकार राख्ने सबै संघसंस्था र व्यक्तिहरुसँग सुमधुर सम्बन्ध राख्दै अघि बढेको अध्यक्ष पोख्रेलको प्रतिवेदनमा उल्लेख छ ।
कोषाध्यक्ष आनन्द कार्कीको प्रतिवेदनमा गत आर्थिक वर्ष २०७८।०७९ मा २४ लाख २७ हजार ४३२ रुपैयाँ कारोबार गरी २ लाख ५१ हजार ४२२ रुपैयाँ बचत गरेको उल्लेख छ । कार्यक्रममा प्रमुख अतिथि प्याव्सनका केन्द्रीय सदस्य केदार खनाल, पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई, सम्मानित व्यक्तित्व विजय कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष दिनेश पोख्रेलको सभापतित्व, सचिव कुवेर न्यौपानेले सञ्चालन रहेको कार्यक्रममा कार्यसमिति सदस्य सूर्य पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय