
उर्लाबारी, १७ मंसिर
कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएसँगै १६ वटै टिमको टुंगो लागेको छ । २२ औं संस्करणको विश्वकपमा सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर खेलाइएको थियो । हरेक समूहमा ४–४ टिम थिए । समूह चरणको ४८ खेलपछि १६ टिम अन्तिम १६ मा प्रवेश गर्दा १६ टिमको चुनौती भने समाप्त भएको छ । हरेक समूहको समूह विजेता र समूह उपविजेता अन्तिम १६ मा पुगेका हुन् ।
अब नकआउट चरणमा फाइनलसहित कुल १६ खेल हुनेछ । नकआउट चरणमा युरोपियन टिमकै वर्चस्व छ । युरोपबाट सर्वाधिक ८ राष्ट्र नकआउट चरणमा प्रवेश गर्दा एसियाबाट ३, दक्षिण अमेरिका र अफ्रिकाबाट २÷२ दुई तथा उत्तर अमेरिकाबाट एक टिम छन् ।
समूह ए बाट नेदरल्याण्ड्स र सेनेगल, समूह बी बाट इंग्ल्याण्ड र अमेरिका, समूह सी बाट अर्जेन्टिना र पोल्याण्ड, समूह डी बाट फ्रान्स र अष्ट्रेलिया, समूह इ बाट जापान र स्पेन, समूह एफबाट मोरक्को र क्रोएसिया, समूह जी बाट ब्राजिल र स्वीटजरल्याण्ड तथा समूह एचबाट पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।
अन्तिम १६ का खेलहरु कहिले कुन समयमा हुन्छ ?
मंसिर १७ गते शनिबार
नेदरल्याण्ड्स विरुद्ध अमेरिका (राति ८ः४५ बजे)
अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया (राति १२ः४५ बजे)
मंसिर १८ गते आइतबार
इंग्ल्याण्ड भर्सेस सेनेगल (राति १२ः४५ बजे)
फ्रान्स भर्सेस पोल्याण्ड (राति ८ः४५ बजे)
मंसिर १९ गते सोमबार
जापान भर्सेस क्रोएसिया (राति ८ः४५ बजे)
ब्राजिल भर्सेस दक्षिण कोरिया (राति १२ः४५ बजे)
मंसिर २० गते मंगलबार
मोरक्को भर्सेस स्पेन (राति ८ः४५ बजे)
पोर्चुगल भर्सेस स्वीटजरल्याण्ड (राति १२ः४५ बजे)