About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ मंसिर
उर्लाबारीमा प्रथम उर्लाबारी भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । यही मंसिर १६ गतेदेखि प्रतियोगिता हुने आयोजक उर्लाबारी भेट्रान क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
आयोजक क्लबका अध्यक्ष दिपक पोमू लिम्बूका अनुसार प्रतियोगितामा प्रदेश १ का १२ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा उर्लाबारी भेट्रान फुटबल क्लब, राजघाट भेट्रान क्लब, मिल्स भेट्रान्स फुटबल क्लब विराटनगर, विराट मेघा भेट्रान विराटनगर, युनाइटेड भेट्रान विराटनगर, हाम्रो भेट्रान इटहरी, दमक लखनपुर भेट्रान, दुधे भेट्रान शिवसताक्षी, हाम्रो भेट्रान धरान, शिवसताक्षी भेट्रान झापा, राइजिङ भेट्रान र एभरेष्ट भेट्रान मोरङको सहभागिता रहने अध्यक्ष पोमूले बताए ।
उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । मंसिर २७ गतेसम्म हुने प्रतियोगिता सम्पन्न गर्न ९ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
पत्रकार सम्मेलनमा उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भीष्म बुढाथोकी, जिल्ला फुटबल संघ मोरङका अध्यक्ष संजिव बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय