About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १० मंसिर
मोरङमा प्रदेशसभा सदस्य उम्मेद्वार रहेका तीन जना हेवीवेट घिमिरे बन्धु पराजित भएका छन् । प्रदेश १ को मुख्यमन्त्री दाबीसहित चुनावी मैदानमा होमिएका नेपाली काँग्रेसका नेता गुरुराज घिमिरे, नेकपा एमालेका जीवन घिमिरे र प्रदेश सरकारका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे पराजित भएका हुन् ।
काँग्रेस नेता घिमिरे मोरङ ४ (१) बाट नेकपा एमालेका जयप्रकाश चौधरीसँग ४०४ मतान्तरले पराजित भए । चौधरी १५४६४ मतका साथ विजयी हुँदा घिमिरेले १५०६० मत प्राप्त गरे ।
यस्तै, नेकपा एमालेका नेता जीवन घिमिरे मोरङ ४ (२) बाट काँग्रेसका भीम पराजुलीसँग १७८८ मत अन्तरले पराजित भए । पराजुलीले ११४७९ मत ल्याउँदा घिमिरेले ९६९१ मत प्राप्त गरे । घिमिरे प्रदेश १ सरकारमा लामो समय सामाजिक विकास मन्त्री भएका थिए । यस पटक मुख्यमन्त्रीको दाबी गर्दै उनी चुनावी अभियानमा होमिएका थिए ।
यता, प्रदेश १ का बहालवाला यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे नेकपा एमालेका खड्गबहादुर बस्नेतसँग ६७६ मतले पराजित भए । मोरङका पूर्व जिविस सभापति बस्नेतले १४ हजार ५३९ मत ल्याएर विजयी हुँदा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेद्वार घिमिरेले १३ हजार ८६३ मत प्राप्त गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय