
उर्लाबारी, १० मंसिर
मोरङ क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य पदको नतिजा रोमाञ्चक बन्दै गएको छ । गणनाको सुरुआतदेखि अग्रता लिएका नेकपा एमालेका घनश्याम खतिवडा अहिले पछि परेका छन् ।
भर्खरै प्राप्त मतगणनाको नतिजा अनुसार नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले २४२२८ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । एमालेका खतिवडाले २४१२६ मत पाएका छन् । अहिले खतिवडाभन्दा लिम्बू १०२ मत अन्तरले अगाडि रहेका छन् । यो क्षेत्रमा अझै १० हजार मत गणना गर्न बाँकी रहेकोले नतिजा कसको पक्षमा आउने हो भन्न सकिने अवस्था छैन ।