
मोरङ, ८ भदौ
दोस्रो लहरको कोरोना संक्रमणबाट मोरङ जिल्लामा ४ सय १७ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जिल्लाका १७ स्थानीय तह मध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिकामा १६९ जनाको मृत्यु भएको छ । सबैभन्दा कम धनपालथान गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ ।
मृत्यु भएका आधारमा जिल्लामा दोस्रो प्रभावित उर्लाबारी नगरपालिका रहेको छ । उर्लाबारीमा ६४ जनाको मृत्यु भएको छ । यस्तै, सुन्दरहरैँचामा ४२, बेलबारीमा ३१, पथरी शनिश्चरेमा १९, लेटाङमा १५, रंगेलीमा ७, रतुवामाईमा ६ र सुनवर्षीमा ५ जनाको मृत्यु भएको छ । गाउँपालिकातर्फ सबैभन्दा बढी केराबारीमा १४ जनाको मृत्यु भएको छ । यस्तै, बुढीगंगामा ९, कानेपाखरीमा ८, जहदा र मिक्लाजुङमा ७÷७, कटहरी र ग्रामथानमा ५÷५ र धनपालथानमा ४ जनाको मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
मोरङमा दोस्रो लहर सुरु भएयता २३ हजार ८४९ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये १८ हजार ६५२ जना निको भएका छन् । विराटनगरमा सबैभन्दा बढी १३ हजार २१ जनामा कोरोना संक्रमण देखिएको छ । सबैभन्दा कम धनपालथानमा ९९ जनामा संक्रमण पुष्टि भएको छ ।