
उर्लाबारी, ८ मंसिर
मोरङ क्षेत्र नं. १ (२) को आजबाट सुरु भएको मतगणनामा नेकपा एमालेका खड्गबहादुर बस्नेतले अग्रता कायम गरेका छन् । करिब पाँच हजार मतगणना हुँदा बस्नेतले २३८५ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेद्वार रहेका नेकपा एकीकृत समाजवादीका उपेन्द्र घिमिरेले १६५६ मत ल्याएका छन् । घिमिरे प्रदेश सरकारका मन्त्री हुन् ।