About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ७ मंसिर
मोरङका ६ निर्वाचन क्षेत्रमध्ये नेकपा एमाले र नेपाली काँग्रेसले २÷२, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेद्वारले १÷१ स्थानमा अग्रता कायम गरेका छन् ।
निर्वाचन अयोगका अनुसार मोरङ निर्वाचन क्षेत्र नं. १ र २ मा नेकपा एमालेका उम्मेद्वार अगाडि रहेका छन् । क्षेत्र नं. १ मा नेकपा एमालेका घनश्याम खतिवडाले ८१४८ मतका साथ अग्रता कायम राखेका छन् । सो क्षेत्रमा नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले ७०७९ मत प्राप्त गरी खतिवडालाई पछ्याइरहेका छन् ।
क्षेत्र नं. २ मा नेकपा एमालेका ऋषिकेश पोखरेलले १०९६० मत ल्याउँदा नेपाली काँग्रेसकी सुजाता कोइरालाले १००९२ मतका साथ पछ्याइरहेकी छिन् । उता, क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका सुनिल शर्मा फराकिलो मतान्तरका साथ अग्रस्थानमा छन् । उनले १४०३३ मत ल्याउँदा एमालेका भानुभक्त ढकालले ८७४८ र राप्रपाकी रेखा थापाले २९९६ मत ल्याएका छन् ।
क्षेत्र नं. ४ मा नेकपा माओवादी केन्द्रका अमनलाल मोदी १९१३७ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद ढकाल १०१९५ मत ल्याएर पछ्याइरहेका छन् । क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डलले १२०३५ ल्याउँदा नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले ९११९ र जसपाका राजकुमार यादवले ८४७० मत प्राप्त गरेका छन् । यस्तै, क्षेत्र नं. ६ मा नेकपा एमालेका लालबाबु पण्डितलाई पछि पार्दै नेपाली काँग्रेसका शेखर कोइराला अगाडि छन् । कोइरालाले ११११३ मत प्राप्त गर्दा पण्डितले ८९५० मत ल्याएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय