
उर्लाबारी, ६ मंसिर
मोरङ २ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका ऋषिकेश पोखरेलले अग्रता कायम गरेका छन् । पछिल्लो मतगणना अनुसार एमालेका पोखरेलले ५७४२ मत ल्याएका छन् । नेपाली काँग्रेसकी सुजाता कोइरालाले ५४३७ मत प्राप्त गरेकी छिन् । उनीहरु ३०५ मत अन्तर रहेको छ ।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ६५९, राप्रपाका गोपाल दाहालले ३६६, हाम्रो नेपाली पार्टीका विनोदमणि भट्टराईले २५३, मंगोल नेशनल अर्गनाइजेसनका नारायण विसंखेले १४५, लोकतान्त्रिक समाजवादी पार्टीका नारायणप्रसाद गन्गाईले ३३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खीलबहादुर खड्काले २७, नेश्नलिष्ट पिपल्स पार्टीका मिना कटुवाल बुढाथोकीले ७, स्वतन्त्र उम्मेद्वार राजकुमार शिवाकोटीले २६, विशेश्वर ऋषिदेवले २२, नेपाल मजदुर किसान पार्टीका सुरेश कवाँले ३ र स्वतन्त्र उम्मेद्वार सुनिलकुमार साहले ३ मत प्राप्त गरेका छन् ।