About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ६ मंसिर
मोरङ क्षेत्र नं. ५ (१) को प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन् । उनले १४ हजार ८ सय ४३ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सन्तोषकुमार साहले ९ हजार ४ सय २ मत पाए ।
प्रदेशसभामा निर्वाचित भएका मण्डल कांग्रेसका महासमिति सदस्य हुन् । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय