
दमक, ६ मंसिर
आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, देवराज घिमिरे र एलपी साँवा अग्रस्थानमा छन् । नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक–एक ठाउँमा अग्रस्थान बनाएका छन् ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले फराकिलो अग्रता लिएका छन् । क्षेत्र नं २ मा नेकपा एमालेका देवराज घिमिरे, ४ मा एलपी साँवा तथा क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ । क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले १८ हजार ३ सय ७४ मत प्राप्त गर्दा एमालेका अग्नि खरेलले ११ हजार ३३१ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा एमालेका घिमिरेले १३ हजार ५४ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले ११ हजार ९ सय ८३ मत प्राप्त गरेका छन् । क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले ८ हजार ७ सय ४४ मत प्राप्त गर्दा कांग्रेसका कृष्णप्रसाद सिटौलाको पक्षमा तीन हजार सात सय ८८ मत झरेको छ ।
यस्तै, क्षेत्र नं ४ मा एमालेका लालप्रसाद सावाले ७ हजार ३ सय २९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले छ हजार ६ सय ७२ मत प्राप्त गरेका छन् । क्षेत्र नं ५ मा ओलीले १७ हजार ४ सय ४६ मत प्राप्त गर्दा कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार ३ सय ७ मत पाएका छन् ।



