About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, ५ मंसिर
ताप्लेजुडमा भोलि मात्र मतगणना सुरु हुने भएको छ । विकट हिमाली क्षेत्र फक्क्ताङलुडको ओलाडचुडगोला, घुन्सा, याङ्मा र ग्याब्लाबाट आज बिहान ४ बजे बोकेरै मतपत्र सदरमुकामतर्फ ल्याइदै छ ।
त्यहाँबाट गाडी चढ्ने ठाउँमा बेलुकासम्म आइपुग्ने र भोलि बिहान १० बजेसम्ममा जिल्ला सदरमुकाम ल्याइपु¥याउने सम्भावना रहेको सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिए । ती बाहेकका ताप्लेजुडका अन्य मतदान केन्द्रबाट भने आज बिहानसम्ममा सदरमुकाममा मतपेटिका ल्याइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । सबै मतपेटिका ल्याईसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय