About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापाको निर्वाचन क्षेत्र नं २ मतगणना जारी छ ।अर्जुनधारा नगरपालिका ११ बाट मतगणना सुरु गरिएको निर्वाचन कार्यलयले जनाएको छ । यो क्षेत्रको मतगणना अर्जुनधारा नगरपालिकाको कार्यलयमा भइरहेको छ । मतगणनाको पहिलो प्रारम्भिक परिणाम बिहान ९ बजे जानकारी दिइने भएको छ । झापा– २ मा अहिले एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँच÷छ ठाउँबाट गणना सुरु गरिने छ ।झापा २ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे उम्मेद्वार हुनुहुन्छ । यस्तै गठबन्धनबाट हरी राना लगायत उम्मेद्वार चुनावी मैदानमा छन् । यो क्षेत्रमा १ लाख ३४ हजार ९१ जना मतदाता रहेकोमा ८७ हजार ७ सय २३ मत खसेको छ । यो ६५.४२ प्रतिशत हो ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय