
सुनसरी र मोरगमा अहिले बिहान ८ बजे सर्वदलीय वैठक वसेर मतगणना सुरु गरिने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बिहान ८ बजेको सर्वदलीय बैठकमा सहमति गरेर मतगणना सुरुगरिने छ । राती अवेर सम्ममा मतपेटिका मत गणना स्थल पुरयाइएको छ । सुनसरी क्षेत्र नम्वर १ को धरान सभागृह,क्षेत्र नम्वर २ को शिक्षा तालिम केन्द्र इनरुवा,क्षेत्र नम्वर ३ को कभर्डहल दुहवी र क्षेत्र नम्वर ४ को इनरुवा स्थित भगवती माविमा गणना हुने छ ।मोरङमा पनि अहिले बिहान देखि मात्र मतगणना सुरु हुदैछ । मोरङको उत्तरी क्षेत्र भौगौलिक रुपमा यातायात सहज रुपमा आवतजावत नहुने भएकोले राती सम्ममा मात्र मतपेटिका मतगणना स्थलमा ल्याई पुरयाइएको छ । बिहान आठ बजे सर्वदलीय बैठक वसेर मतगणना सुरु गरिने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेमन काश्यप अधिकारीले जानकारी दिनुभयो ।मोरङका ६ वटा निर्वाचन क्षेत्रको चार ठाउँमा मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचन क्षेत्र नं. ४, ५ र ६ को विराटनगरस्थित आदर्श माविमा गणना हुने छ । मोरङ क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका, क्षेत्र नं. २ को रतुवामाई नगरपालिकामा रहेको विश्वनाथ मन्दिर र क्षेत्र नं. ३ को बेलबारी नगरपालिका ३ मा रहेको भगवती माविमा गणना हुने छ ।प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठाबाट मतगणना स्थल बनाइएको छ । एउटा मतगणना स्थलमा ६ जना गणकको टोली रहनेछ ।



