About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १ मंसिर
मोरङ क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेद्वार घनश्याम खतिवडा प्रखर बक्ता र सशक्त उम्मेद्वारका रुपमा जनतामाझ परिचित छन् । मंसिर ४ गते हुने निर्वाचनमा खतिवडाले जित हात पार्ने सम्भावना प्रबल रहेको मतदाताहरुको आंकलन छ । सत्ता गठबन्धनबाट काँग्रेसका डिगबहादुर लिम्बू मुख्य प्रतिस्पर्धी रहेको यो निर्वाचनमा खतिवडाको पक्षमा माहोल देखिएको छ । खतिवडा र लिम्बूसँगै अन्य १२ जना पनि यो क्षेत्रमा प्रतिस्पर्धी रहेका छन् । नेकपा एमालेबाट उम्मेद्वार बनेका घनश्याम खतिवडाले चुनाव जित्ने विभिन्न आधारको व्याख्या गर्न थालिएको छ ।
एमालेको बलियो संगठनः मोरङ क्षेत्र नं. १ मा नेकपा एमालेको संगठन बलियो छ । तल्लो तहसम्मको संगठन निर्वाचन अभियानमा सक्रिय छ । पार्टीप्रति बफादार र इमान्दार संगठकहरु आफ्नो पार्टीको उम्मेद्वारलाई जिताउन लागिपरेका छन् । पार्टी संगठनमा कुनै विवाद छैन ।
स्थानीय तह निर्वाचनको नतिजाः गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजालाई विश्लेषण गर्ने हो भने पनि यहाँ नेकपा एमाले सबल देखिन्छ । यो क्षेत्रमा पर्ने चार पालिकामध्ये तीन वटामा नेकपा एमाले प्रमुख, उपप्रमुखसहित बहुमतमा छ । उर्लाबारी, लेटाङ नगरपालिका र केराबारी गाउँपालिकामा एमालेको नेतृत्व छ । २०७४ को निर्वाचनमा यी तीन वटै स्थानीय तहमा काँग्रेसको नेतृत्व हुँदा समेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित खतिवडालाई यस पटक धेरै सहज भएको अनुमान गरिएको छ । २०७४ मा एमालेको नेतृत्व रहेको मिक्लाजुङ गाउँपालिकामा भने यस पटक काँग्रेसको नेतृत्व रहेको छ ।
शालीन र स्पष्टवक्ताः घनश्याम खतिवडाको शालिनताको विपक्षीले समेत प्रसंसा गर्छन् । अहिलेसम्म कुनै पनि विवादमा नमुछिएका स्पष्टवक्ता, राजनीति पेसा होइन, सेवा हो भन्ने खतिवडाको ४७ वर्षे राजनीतिक जीवनमा आजसम्म भ्रष्टाचार र नैतिकपतनको अभियोग लागेको छैन । स्पष्टवक्ता उनी निष्ठाको राजनीति गर्ने नेता हुन् । मदन भण्डारीको विचारबाट प्रभावित खतिवडाको भाषणशैलीले जो कोहीलाई प्रभावित पार्ने गरेको छ ।
गठबन्धनमा अविश्वासः यो क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा सत्ता गठबन्धनबाट छुट्टाछुट्टै पार्टीका उम्मेद्वार छन् । संघमा नेपाली काँग्रेसका डिगबहादुर लिम्बू, प्रदेश १ (१) मा माओवादी केन्द्रका कुशल लिम्बू र प्रदेश १ (२) मा नेकपा एसका उपेन्द्र घिमिरे उम्मेद्वार छन् । तर, चुनावी दौरानमा कतिपय पार्टीका नेताहरुले आफ्नै पार्टीका उम्मेद्वारलाई मात्र भोट मागेको पाइएको छ । कार्यकर्ताहरु आफ्नो पार्टीका उम्मेद्वारको पक्षमा मात्र लाग्दा गठबन्धनमा इमान्दारिताका साथ मत खस्ने सम्भावना कम मात्र रहेकोले एमालेका खतिवडाको पल्ला भारी हुने देखिएको छ ।
काँग्रेसमा अन्तरविरोधः मोरङ १ मा गत महाधिवेशनदेखि नेपाली काँग्रेसमा देखिएको अन्तरविरोध अहिलेसम्म हल हुन सकेको छैन । अन्तरविरोधकै कारण पहिले जितेको उर्लाबारी, लेटाङ र केराबारीमा यस पटक स्थानीय निर्वाचनमा काँग्रेस पराजित भयो । अहिले पनि काँग्रेसभित्रै ‘गठबन्धन’ हुन नसकेको चर्चा छ ।
क्षेत्रका समस्या सदनमा सशक्त उठान गर्ने सांसदः पाँच वर्ष प्रतिनिधिसभा सदस्य हुँदा घनश्याम खतिवडाले सदनमा १८६ पटक यस क्षेत्रका समस्या उजागर गरे । सडक, विद्युत, स्वास्थ्य, नदी नियन्त्रण, शिक्षा, वन, वातावरण, विपदलगायतका विषयमा उनले सशक्त आवाज सदनमा उठान गरे । सदनमा मोरङ १ वासीको शीर ठाडो हुने गरी यस क्षेत्रका समस्या उजागर गर्ने खतिवडा क्षेत्रबासीको मनमा बस्न सफल भएका छन् ।
विकासमा प्राथमिकताः घनश्याम खतिवडाले सांसद हुँदा मोरङ १ मा अरवौं रुपैयाँको भित्र्याउन सफल भएका छन् । पाँच वर्षमा आफूले मोरङ क्षेत्र नं. १ को विकासमा ल्याएका बजेट र भएका विकासका कार्यहरुको फेहरिस्त उनले प्रस्तुत गरेका छन् । उनकै पहलमा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, पूर्वाधार, धर्म संस्कृति, वन, वातावरण, पर्यटन विकासलगायत क्षेत्रमा करोडौं रुपैयाँका आयोजना सञ्चालन भएका छन् ।
मदन भण्डारी राजमार्गः २०७४ मा निर्वाचित भएर गएपछि उनले सदनमा मदन भण्डारी राजमार्ग बनाउनु पर्ने आवाज उठाए । उनको मागलाई सम्बोधन गर्दै केपी ओली नेतृत्वको सरकारले चुरेफेदीमा मदन भण्डारी राजमार्ग बनाउने योजना अघि सा¥यो । मोरङ १ का चार वटै पालिकालाई छुने यो मार्ग उत्तरी मोरङको विकासमा कोशेढुंगा सावित हुने देखिएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय