About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

नेकपा एमाले प्रदेश समानुपातिक उम्मेदवार अरुण कुमार राठीले बेरोजगारी समस्या समाधान र भ्रष्ट्राचार अन्त्यका लागि नवीन अवधारणा अघि सार्नु भएको छ । राठी गु्रपका निर्देशक सफल उद्योगी राठीले बेरोजगारी समस्या समाधानका लागि औद्योगिक हव र हजार करोड राशीको सफ्टवेयर हव निर्माणको अवधारणा अघि सार्नुभएको हो । यस्तै प्रदेश १ लाई भ्रष्ट्राचारमुक्त प्रदेश बनाउन सम्पती बिवरण अनिवार्य बुझाउनुपर्ने र पेपरलेस मनिको अवधारणा ल्याउनुभएको हो ।


के हो हजार करोडको सफटवेयर हव
राठी गु्रपका निर्देशक अरुण कुमार राठीले आफना बिभिन्न उद्योगहरु मार्फत ७ सय वढि मजदुर र ३ सय कर्मचारी गरी हजार वढिलाई प्रत्यक्ष रोजगार दिनुभएको छ । प्रदेश समानुपातिक उम्मेदवार राठीले औद्योगिक हव र सफ्टवेयर हव निर्माण गरेर बेरोजगारी समस्या समाधानको अवधारणा ल्याउनुभएको हो । औद्योगिक हव निर्माण गरेर हजारौलाई रोजगार दिन सकिने उहाँको भनाई छ । यस्तै हजार करोड लगानीको सफ्टवेयर हव संचालन गरेर बिदेश पलायन हुने नेपाली जनशक्तिलाई स्वदेशमै रोक्ने उहाँको योजना छ । सफ्टवेयर हवलाई उहाँ सफ्टवेयर मण्डी भन्न रुचाउनुहुन्छ । जसरी सब्जिमण्डीमा एकै ठाँउ सवै किसिमका सब्जि पाइन्छ,सब्जि बेच्ने र किन्ने एकैठाँउमा हुन्छन त्यस्तै हरेक किसिमको सुबिधा भएको सफ्टवेयर बनाउने ब्यक्ति,कम्पनी एकै ठाँउमा रहेर सफ्टवेयर निर्माण र बिक्रिबितरण गर्न सकिने हव अर्थात मण्डी संचालन गर्ने उहाँको योजना हा । प्रदेश १ का सफ्टवेयर निर्माताहरु,नेपालमा सफल भएका सफ्टवेयर निर्माण कम्पनीहरु र बिदेशी कम्पनीहरुलाई पनि सेयर उपलब्ध गराएर एकै ठाँउ एकिकृत गर्ने उहाँको योजना छ । त्यसमा प्रदेश सरकारको निश्चित लगानी रहने छ । बिदेशी कम्पनीको विश्वब्यापी बजारमा पहँुच हुने भएकाले उनीहरु मार्फत सफ्टवेयर हवमा निर्माण भएका सफ्टवेयर विश्वब्यापी रुपमा निर्यात गर्न सकिने राठीको प्लान छ । प्रदेश १मा यस्तो हव सफल भएपछि देशका अन्य ठाँउहरुमा पनि स्थापना हुने लहर चल्ने उहाँको विश्वास छ । सो हवमा सयौलाई रोजगार दिन सकिने छ ।


भ्रष्ट्राचार हटाउने दुई उपाय के हुन ?
एमाले प्रदेश समानुपाति उम्मेदवार राठीले भ्रष्ट्राचार हटाउन दुई उपाय अपनाउने एजेण्डा अघि सार्नुभएको छ । उहाँका अनुसार सवै ब्यक्तिको सम्पती बिवरण इन्कम ट्याक्समा अनिवार्य बुझाउनुपर्ने ब्यवस्था गरिनुपर्छ । सम्पती बिबरण हरेक बर्ष अद्यावधिक गरिनुपर्छ ।यसो गरेपछि ब्यक्तिको सम्पती कति छ भन्ने सिस्टममा जान्छ । विदेशका प्रायः देशहरुमा यस्तो सिस्टम भएपनि नेपालमा नभएका कारण भ्रष्ट्राचार वढिरहेको उहाँको तर्क छ । यस्तै हामीले प्रचलन गरिरहेका नोटहरुलाई विस्तारै बिस्थापित गरेर पेपरलेसमनी प्रयोग गर्न सके भ्रष्ट्राचार नहुने उहाँको अवधारणा छ । दुईमहिना जति समय दिएर हजारको नोटको प्रचलन बन्द गर्ने त्यसपछि क्रमसः ५सय र सय रुपियाँका नोटको प्रयोग बन्द गरेर डिजिटल पेमेन्ट सिस्टम लागुगर्न सके भ्रष्टाचार हटने उहाँको विश्वास छ । क्यास कारोवार गर्ने नोट नै नभएपछि के घुसदिनु ? उहाँ प्रश्न गर्नुहुन्छ । सय भन्दा तलका नोटहरु भने सब्जि देखि लिएर दैनिक घरेलु आवश्यकताका समाग्री किन्न प्रचलनमा ल्याउन सकिने राठीको भनाई छ । डिटिजल पेमेन्ट गर्दा बैकिंड सिस्टम बाट हुने भएकाले त्यसको रेकर्ड रहने हुदाँ घुसखोरी अन्य हुने उहाँको अवधारणा हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय