About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक, ७ भदौ
पश्चिम झापा र पूर्वोत्तर मोरङमा बग्रेल्ती होटल खुलेपनि टाढाबाट आउने पाहुनाले बास बस्नका लागि भनेजस्तो होटल पाउन मुस्किल छ । यहाँ आएका कतिपय पाहुना राम्रो होटलको खोजीमा इटहरी, विराटनगरसम्म पुगेर बास बस्ने गरेका छन् ।
तर, झापाको दमक–४ कृष्णमन्दिरमा रहेको नर्वदा होटल नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएपछि बास बस्नका लागि टाढा जानु पर्ने बाध्यताको अन्त्य भएको छ । स्थानीय रुपक दाहालले ५ करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको होटलमा युवा व्यवसायी मनोज तिम्सिनाले व्यवस्थापनको जिम्मा लिएका छन् । बास बस्नका लागि मात्र होइन, खाजा, खाना, बैठक, सेमिनारका लागि पनि यो होटल उपयुक्त रहेको छ ।


सो होटलमा सुपथ मुल्यका एसीसहितको सुविधा सम्पन्न डिलक्स रुमको व्यवस्था रहेको छ । शान्त तथा पारिवारिक वातावरणमा स्वास्थ्यवद्र्धक खाना, भेज तथा ननभेज खाजा, मिटिङ तथा सेमिनार हलको व्यवस्था रहेको तिम्सिनाले जानकारी दिए । चाँडै बारसमेत सञ्चालन गर्ने तयारी गरिएको बताउँदै उनले ग्राहकको चाहना अनुसारको परिकार पस्कने होटलको उद्देश्य रहेको जानकारी दिए । सेवा, सुविधाले ग्राहकको मन जित्दै आएको होटल नर्वदाले सुविधाहरु थप गर्दै जाने योजना बनाएको छ । सो होटलमा हाल ८ जनाले रोजगारी पाएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय