
सुनसरी,एमाले अध्यक्ष केपी शर्मा ओली कातिक ३० गते सुनसरीमा हुने जनसभालाई सम्वोधन गर्न आउनुहुने भएको छ । एमालेले सुनसरीको लौकहीमा बिशाल चुनावी सभा आयोजना गर्ने भएको हो । सुनसरी क्षेत्र नं ४ लाई लक्षित गरेर आयोजना गरिने सभालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत सुनसरीका ४ वटै क्षेत्रका एमाले उम्मेद्वारले सम्बोधन गर्ने कार्यक्रम छ । २५ हजार भन्दा बढीको सहभागिता रहने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । जनता समाजवादी पार्टीसंग तालमेल गरी चुनावी मैदानमा होमिएका एमाले उम्मेद्वारहरूलाई जिताउन सो क्षेत्रमा बिशाल चुनावीसभा गर्न लागिएको हो ।आसन्न निर्वाचनमा नेकपा एमालेसंग तालमेल गरेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि निमन्त्रणा गरिएको तर उहाँ आउने नआउने थाहा भने नभएको नेकपा एमालेकी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटी सुनसरीको संयोजक लक्ष्मी गौतमले जानकारी दिनुभयो ।