
पेन्सिलभेनिया÷अमेरिका
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १ सय ३८ औं जन्मजयन्ती अमेरिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । अमेरिकाको पेन्सिलभेनियामा रहेका किरात धर्मलम्बीहरुले पुजा–आजा सहित विभिन्न कार्यक्रमको आयोजना गरि मनाएका हुन् । किरात कल्चर शोसाइटी अफ पिट्सवर्क अमेरिका को आयोजनामा किरात धर्मालम्बीहरुले महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाएका हुन् । सो अवसरमा महागुरुको तस्वीरमा फुल माला अर्पण गरि पुजा आजा गरियो । सो अवसरमा राष्ट्रिय विभूती लिङ्देनले किरात दर्शन, भाषा, लिपी र साहित्यको बारेमा पु¥याउनु भएको योगदानको बारेमा शोसाइटीका क्षेत्रीय अध्यक्ष केशर मुकारुङले चर्चा गर्नु भयो। कार्यक्रममा नेपाली विद्यार्थीहरु बीचमा महागुरुको चित्रकला प्रतियोगिता समेत गराइएको थियो ।



