About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २५ कार्तिक
उर्लाबारीकै पुरानो सहकारी सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्थाको ३० औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । आज उर्लाबारी–३ स्थित रिमझिम पार्टी प्यालेसमा आयोजित स्थापना दिवसमा विभिन्न विधामा ५० जनाभन्दा बढीलाई सम्मान तथा पुरस्कृत गरियो ।
सो अवसरमा उत्कृष्ट दैनिक बचतकर्तातर्फ हस्तबहादुर तामाङ, वकिलप्रसाद साह, सञ्जय कुमाल, बालकुमार बराल, सावित्रा सुन्दास, कमला धिमाल, धनमाया तामाङ, दिलकुमारी राई, सीता माझी र माधव कटुवाललाई सम्मान गरिएको छ । यस्तै, उत्कृष्ट कारोबार बचतकर्तातर्फ रेविका शिवा, मिना थापा बस्नेत, प्रतिमाकुमारी श्रेष्ठ, गमला कामी, तोयादेवी थापा, हिरामणि खड्का र सीतादेवी वन, उत्कृष्ट ऋणीतर्फ कृष्णकुमारी श्रेष्ठ, उर्मिला श्रेष्ठ गौतम, सीता विक र जीवन तामाङ, ज्येष्ठ बचतकर्तातर्फ पूर्णवती अधिकारी, वीरबहादुर कार्की, नरबहादुर विश्वकर्मा र रनबहादुर श्रेष्ठ, उत्कृष्ट बाल बचतकर्ता अंशु घिमिरे, गरिमा धमला, मनिरा धिमाल, दिपशिखा गिरी र रुसव श्रेष्ठलाई सम्मान गरियो ।
यस्तै, ज्येष्ठ सदस्यतर्फ हरिबहादुर पौडेल, चन्द्रकला गौतम, मेहेरमान कार्की, लक्ष्मण ढकाल, मानबहादुर विश्वकर्मा, लालबहादुर पुरी, विष्णुमाया न्यौपाने, डम्बरबहादुर श्रेष्ठ, भीमकुमारी थापा र खड्गबहादुर निरौला, एकल महिला सदस्य सुशीला ढुंगाना, प्रेमकला थापा, जान्दादेवी नेपाल, तारादेवी श्रेष्ठ, थुम्री धिमाल, मनरानी राई, सोमवतीदेवी उराव, सीता भट्टराई, विद्या थापा र हर्कमाया माझीलाई सम्मान गरिएको संस्थाका कार्यवाहक व्यवस्थापक अभिमन्यू अर्यालले जानकारी दिए ।
संस्थाले सफल उद्यमी शर्मिला थापा, उत्कृष्ट विद्यार्थी अञ्जना श्रेष्ठ र श्रृजन खड्का तथा उत्कृष्ठ कर्मचारीको रुपमा बचत परिचालक कविता खड्कालाई पुरस्कृत गरेको अर्यालले बताए । स्थापना दिवसको अवसरमा अन्तर विद्यालय नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
नेफ्स्कुनकी सञ्चालक गोमा नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरिप्रसाद सुवेदी, जिल्ला बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोइराला, सचिव एकराज निरौला, उर्लाबारी–३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीलगायतको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष हेमचन्द्र थापाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष तिलादेवी खतिवडाले स्वागत मन्तव्य राखेकी थिइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय