About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, सुनसरीको निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयकुमार गच्छदारले निर्वाचन आचारसंहिता विपरित ठाउँठाउँमा फ्लेक्स व्यानरहरु राख्नुभएको छ । मतदातालाई आकर्षित गर्न गच्छेदारको ठूलो फोटो राखेर ठूल्ठूला फ्लेक्सहरु चोक चोकमा झुण्ड्याइएको छ ।निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले निर्वाचन आयोगले तोके अनुसारको प्रचार सामग्री प्रयोग गर्नुपर्नेमासो विपरित ठूल्ठूला रंगीन फ्लेक्स राखिएको हो । दुहवी नगरपालिका वडा नं. ११ तनमुनाको मुख्य चौकमा गच्छदारले आफ्नो तथा प्रदेश सभा (१) का उम्मेदवार विन्देश्वर यादवको फोटो सहितको फ्लेक्स राख्नुभएको छ ।यस्तैगरी उहाँले तनमुना, सिमरिया, पचिरा, मधेली, बर्जु लगायत ग्रामिण क्षेत्रमा यस्ता फ्लेक्सहरु राख्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालन भएको नभएको अनुगमन गर्न कर्मचारीहरु खटाएपनि चौकचौकमा राखिएका यस्ता फ्लेक्सहरुमा आँखा लगाएको छैन । यस्तै आचारसंहिता विपरित मन्दिर, मस्जिदमा पनि झण्डा र फ्लेक्स राखिएको छ । बालबालिकाहरु पनि प्रयोग गरिएको पाइएको छ । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ३ दुहवीका प्रमुख उमाकान्त पौडेलले क्षेत्रमा नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार गरेको जानकारी आएको बताउँदै आज नै सर्वदलीय बैठक बोलाएर त्यस्ता प्रचार सामग्रीहरु १ घण्टा भित्र हटाउन निर्देशन दिने बताउनुभयो । पार्टीहरुले आचारसंहिता विपरितका प्रचारसामग्री नहटाए आयोगले प्रहरी लगाएर आफैं हटाउने पनि जनाउनुभयो ।‘आचारसंहिता विपरित प्रचारप्रसार भयो, चोक, पसल, मन्दिर, पोलहरुमा झण्डा, व्यानर र फ्लेक्सहरु राखेको थाहा भयो ।सर्वदलीय बैठक बोलाएको छु । त्यहाँ छलफल गरेर १ घण्टा भित्र हटाउन भन्छु, नहटाए प्रहरी लगाएर भएपनि हटाइनेछ ।’ प्रमुख पौडेलले भन्नुभयो ।सुनसरी क्षेत्र नं. ३ मा व्यापक रुपमा आचारसंहिता विपरितका कार्यहरु भइरहेपनि आयोगको खासै ध्यान जान सकेको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय