About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २२ कार्तिक
उर्लाबारीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदाता शिक्षा तथा नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । आज उर्लाबारी–७ स्थित देवीस्थान दुर्गा मन्दिरमा अपाङ्गतामैत्री मतदान स्थल बनाउन आवश्यक पहलका लागि कार्यक्रम आयोजना गरिएको हो ।
नेत्रहीन युवा संघ नेपाल केन्द्रीय कार्यालय काठमाडौंको आर्थिक सहयोग र नेत्रहीन युवा संघ नेपाल शाखा कार्यालय मोरङको आयोजनामा मतदाता शिक्षा तथा नमूना मतदान कार्यक्रम भएको हो । अपाङ्गता भएका व्यक्तिहरुको मत बदर हुनबाट जोगाउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको नेत्रहीन युवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले बताए ।


अपाङ्गता भएका व्यक्तिहरूले निर्वाचनमा मतदान गर्दा मत वदर गर्ने सम्भावनालाई कम गर्ने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए । आजको नमूना मतदानमा सहज रूपमा सहभागी भएर अपाङ्गता भएका व्यक्तिहरूले नमूना मतदान कार्यमा सहभागी भएको अध्यक्ष योगीले बताए ।
निर्वाचन कार्यालयले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको लागि सहज रूपमा मतदान गर्ने व्यवस्था गर्नुपर्ने र यसका लागि आफूहरुले माग राखेको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय