About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भगवती चौधरीका गुरु कृष्ण कुँवरले कुराकानीको सुरुमै जोसिलो पारामा भन्नुभयो “चौधरी समूदायमा यत्तिकी हिम्मतिली र जुझारु महिला मैले देखेको छैन ।”
कृष्ण कुँवरलाई अहिले गढि गाँउपालिकामा पर्ने औरावनीमा कुँवरसर भनेर जन जनले चिन्छन । नचिनुन पनि किन ? उहाँले त्यहाँको सरस्वती उच्च माविमा ३८ बर्ष पढाउनुभयो । त्यहि स्कुलवाट पढाउन सुरु गर्नुभएको ३८ बर्ष पछि त्यहि स्कुलबाटै रिटायर्ड हुनुभयो ।
सुनसरी क्षेत्र नम्वर ३ की एमाले उम्मेदवार भगवती चौधरीलाई कुँवर सरले सरस्वती स्कुलमा कक्षा ८ देखि १० सम्म पढाउनुभयो । भगवती चौधरीले चुनावी अभियान सञ्चालन गरिरहदा कुँवर सरले कक्षा ८ देखि १० सम्म पढाउदाको वेला झल्झली यसरी सम्झनुभयो —
भगवती औरावनीमा कक्षा ८ मा पढथिन,मधेशाको स्कुलमा गएर एक दिन अग्रेँजीमा फरर भाषण गरिछिन, अँग्रेजी पढाउने उनको गुरु म त मख्खै परेँ नि । मधेशाका छात्राहरुलाई उ वेलै अँग्रेजीमा भाषण गरेर संगठित पो गरिछिन ।
बिद्यालयमा खेलकुदका गतिविधि त हुन्थे तर खेलकुद सिकाउने कोचको ब्यवस्था थिएन । भगवतीले बिद्यार्थीहरुलाई के के भनेर प्रभावित गरिन को नि, एक हुल बिद्यार्थी लिएर हेडसरको कक्षमा आइछिन । उनको माग थियो खेलकुद सिकाउने कोच चाहियो । बिद्यालयले कोचको ब्यवस्था मिलाउनै परयो । कोचको ब्यवस्था भएपछि खेलकुदको स्तर उस्किहाल्यो ।
“केहि अन्याय भयो कि मुकाविला गरिहाल्ने जुझारु स्वभाव थियो भगवतीको” कुँवर सरले अगाडी थप्नुभयो “कोहि सँग नझुक्ने,अन्याय त सहदै नसहने खालकी थिइन सानै देखि भगवती । उ वेला चौधरी समूदायका छोरी मान्छे खासै बोल्दैन थिए तर भगवती अचम्मकी थिइन,नेतृत्व क्षमता पनि अब्बल थियो । ”
सानै देखि आफनो कामले अरुलाई प्रभावित गर्ने गज्जवको क्षमता छ भगवती चौधरीमा । सवैका कुरा सुन्ने र समेटने खुवी रहेको जनाउदै कुँवर सरले सम्झनाका पोकाहरु फुकाउदै जानुभयो ।


भगवती चौधरीका हजुरबुबा कुमहरलाल चौधरीले स्थापना गरेको स्कुलमा कुँवर सरले पढाउनुभयो । भगवती चौधरीले त्यहिँ पढनुभयो । आफू मात्रै पढने होइन गाँउका अन्य छोरीलाई पढाउनुपर्छ भनेर घर घर पुगेर सानी केटिले भन्ने गरेको अझै सम्झना छ कुँवर सरलाई । तिनै भगवती चौधरी आफनो गाँउ बाट पहिलो पटक क्याम्पस जाने केटी वनिन कुँवर सरले गर्वका साथ भन्नुभयो । त्यहि भगवती संविधानसभा सदस्य वनिन,राज्यमन्त्री वनिन सरले जोसिलो पारामा थप्दै जानुभयो दुई दुई पटक यिनलाई अन्याय भएको छ । अदालत गईन अदालतले पनि न्याय दिएन । यसपाल जनताले चुनावमा भगवतीलाई न्याय गर्छन है पक्कै गर्छन कुँवर सरले थप्नुभयो ।
प्रदेश नम्वर ३ को मात्र होइन देशकै हीत चाहने हो भने भगवती चौधरीले जीत्नुपर्छ कुँवर सरले भन्नुभयो मैले मेरो बिद्यार्थी भनेर भनेको हैन है वास्तविक कुरा हो कुँवर सरले प्रष्टिकरण दिनुभयो यसपाल जित्छिन हेर्दैजानुस है ।
यिनले गाँउ शहर वजारको बिकासमा त पक्कै पनि ध्यान दिन्छिन नै,पिछडिएको वर्ग समूदायको कुरा सुन्छिन र यिनीहरुको हीतमा काम गर्छिन मेरो बिश्वास हो कुँवर सरले विश्वास जनाउनुभयो “सुनसरी ३ को बिकास चाहने हो भने भगवतीले जीत्नुपर्छ । ”
अन्तिममा पनि उहाँ भन्दैहुनुहुन्थ्यो यत्तिको जुझारु,लगशील वुझक्कड र काम गर्न खोज्ने महिला पाउन गाहो छ है ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय