About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार भगवती चौधरीले एक गाँउ एक उद्योग स्थापना गरिने बताउनुभएको छ । सुनसरी क्षेत्र नम्वर ३ का प्रत्येक एक गाँउमा एक उद्योग स्थापना गरेर बेरोजगारको समस्या हल गर्न सकिने उहाँको भनाई छ । चौधरीले भन्नुभयो “हामीले लगाउने लुगाको टाँक समेत बिदेश बाट ल्याउनुपर्ने अवस्था छ,लुगा कपडा,ज्याकेट लगायत बिदेश बाट ल्याइन्छ,हामी हाम्रै गाँउमा किन उत्पादन नगर्ने ?”। एक गाँउ एक उद्योग स्थापना गर्दा मजदुर,सर्वसाधारण महिला,युवा र पढेलेखेका जनशक्तिले समेत रोजगार बन्न सक्ने उहाँको भनाई छ । भिजनरी नेतृका रुपमा परिचित चौधरीले फरवार्ड माइक्रोफाइनान्स मार्फत देशभरका तीन लाख महिलालाई स्वरोजगार बनाईसक्नुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय