About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १६ कार्तिक
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले दुई वर्षभित्र उर्लाबारी डुबानमुक्त क्षेत्र बन्ने बताएका छन् । उर्लाबारीबासीले लामो समयदेखि डुबानको समस्या झेल्दै आएको बताउँदै उनले दुई वर्षभित्र डुबानमुक्त उर्लाबारी बनाउने अभियानमा आफूहरु लागेको बताए ।
आज आमा मिलन केन्द्र उर्लाबारीको ४१ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका मेयर खरेलले उर्लाबारीलाई समृद्ध बनाउने अभियान अन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारलगायतको विकासमा ध्यान गएको बताए । उर्लाबारीका जनप्रतिनिधिले काम नगरेको आरोप सामाजिक सञ्जालमा आएको प्रसंग निकाल्दै मेयर खरेलले भने, ‘एक वर्ष काम गर्न दिनुहोस् नतिजा देख्नुहुन्छ ।’ उनले उर्लाबारीलाई भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिज्ञा समेत गरे ।
महिलाहरुको क्षमता र दक्षता विकासमा योगदान पु¥याउँदै आएको आमा मिलन केन्द्रले दुई जना ज्येष्ठ सदस्य कृष्णकुमारी श्रेष्ठ र नर्वदा खत्री तथा निवर्तमान अध्यक्ष अमृता राईलाई सम्मान गरेको छ । साधारणसभामा केन्द्रका सल्लाहकार महेन्द्रजंग तामाङ, जयधर्म आचार्य, सर्सु गुरुङ, लक्ष्मी सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय