
इटहरी,नेकपा(एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गर्नु भएको छ । भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर श्वेत पत्र सार्वजनिक गर्नु भएको हो । तीनवर्ष छ महिना सातदिन प्रदेश नं १ को संस्थापकमुख्यमन्त्री रहँदा राईले आफ्ने गृह जिल्लाभोजपुरको विकास निर्माणका गरेकाकामहरु श्वेतपत्रमाउल्लेख गरेको बताउनुभयो । श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुदलगायत का ४सय २४ वटा योजनामा ४ अर्व,९२ करोड,९२ लाखका योजना कार्यक्रमहरु संचालन गरिएको उल्लेख गरिएको छ । २ अर्व २७ करोडका ६७ वटा सडक यातायातका कार्यक्रम,२ अर्व ३६ लाखका तीन वटा वहुवर्षिय सडक,६० वटा सडक स्तरोन्नती र मर्मत,५१ करोड ४ लाखको ११ वटा लिफटिड खानेपानी आयोजना,२८ करोड ५७ लाखका २५ वटा खेलकुद पूर्वाधार कार्यक्रम,२९ करोड २७ लाखका पर्यटन पूर्वाधार कार्यक्रम लगायत अरवौैका योजना संचालन गरिएको स्वेतपत्रमा उल्लेख गरिएको छ । राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । २०७८ भदौ १० गते राईले राजिनामादिँदै एमालेकै नेताभीम प्रसादआचार्यलाई सत्ता हस्तान्तरण गर्नु भएको थियो । आगामीमंसिर ४ गते हुनलागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई नेकपाएमालेको तर्फबाटप्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । त्यस्तै प्रदेश सभातर्फ प्रदेश सभा क्षेत्र नं १ मा हरिबहादुर राई र २ माखड्गबहादुर (प्रेम) कार्की उम्मेदवार रहनु भएको छ ।