About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ कार्तिक
नेकपा एमालेले आफ्ना जनसंगठनहरुलाई चलायमान बनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेद्वारलाई विजयी गराउन निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म जनसंगठनलाई चलायमान बनाउने अभियान सुरु गरेको हो ।
आज उर्लाबारीमा सम्पन्न जनसंगठनका प्रतिनिधिहरुको नगर स्तरीय भेलाले तल्लो तहसम्म निर्वाचन अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न वडा र टोलमा जनसंगठनको कमिटी गठन गर्ने निर्णय गरेको छ । भेलाले वडा र टोल कमिटी गठन गर्न उर्लाबारीका ९ वटै वडामा उत्प्रेरक तोकेको छ ।
वडा नं. १ मा चन्द्रप्रसाद दाहाल, वडा नं. २ मा दीपक धिमाल, वडा नं. ३ मा छवि दाहाल, वडा नं. ४ मा केदार चौहान, वडा नं. ५ मा नवराज भट्टराई, वडा नं. ६ मा सुजन अधिकारी, वडा नं. ७ मा सविन गौतम, वडा नं. ८ मा प्रितम श्रेष्ठ र वडा नं. ९ मा हिरा श्रेष्ठलाई उत्प्रेरक तोकिएको छ ।
सबै वडामा कार्तिक १६ गते जनसंगठनको बैठक बसी वडा र टोल कमिटी गठन गर्ने कार्यक्रम रहेको मोरङ क्षेत्र नं. १ (१) जनसंंगठन संयोजक भीष्माकुमारी रेग्मीले जानकारी दिइन् । आजको भेलामा मोरङ १ प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार घनश्याम खतिवडा, मोरङ १ (१) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार उमाकान्त गौतम, क्षेत्रीय संयोजक पुष्प ढकाल, प्रदेश क्षेत्रीय संयोजक अग्नि भट्टराई, नेकपा एमाले उर्लाबारी नगर अध्यक्ष गंगाप्रसाद बास्तोलालगायतले मन्तव्य राखेका थिए । अनेमसंघ उर्लाबारीकी अध्यक्ष पुष्पा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युवा संघ नेपाल उर्लाबारीका अध्यक्ष योगेश बस्नेतले गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय