
उर्लाबारी, १३ कात्तिक
प्रदेश १ मा भोलि (सोमबार) पनि सार्वजनिक विदा परेको छ । संघीय सरकारले छठको मुख्य दिन अर्थात कात्तिक शुक्ल षष्ठी (आज) मात्रै सार्वजनिक विदा दिने गरेपनि प्रदेश १ सरकारले भने भोलि पनि विदा दिएको छ ।
भोलि सप्तमीको दिन बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै छठ पर्व समापन हुन्छ । कार्तिक १४ गते प्रदेशभर सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिएको हो । यो विदाको सूचना २०७८ चैत ९ गते नै राजपत्रमा प्रकाशित भएको थियो । यस्तै, प्रदेश १ मा कार्तिक २५ गते शुक्रबार फाल्गुनन्द जयन्तीका दिन पनि सार्वजनिक विदा दिइएको छ ।



