
चर्चित कार्यक्रम इन्द्रणीको टोली देउसी खेल्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्यो । इन्द्रेणी टिमले खेलेको देउसीमा अध्यक्ष केपी शर्मा ओली पनि छमछमी नाच्नुभयो । इन्द्रेणी समूहले खेलेका देउसी गायनका शब्दहरु यस्ता थिए ः
हुन त भो रेलिमै ७० उमेर,२५ हुन्छ दुई फन्को घुमेर ।।
केपी बाले सारंगी बजाउछन,त्यहि त सबले मुटुमा सजाँउछन ।।
देउसी रे को रेलीमै मायाँले बेरिन्छ,बाबाआमा नाँचेको हेरिन्छ ।।
टीका सुहाउने मखमली मालैमा । चुच्चे नक्सा हजुरको पालैमा ।।
यहि कुरामा रेलिमै अगाडी सर्नुभो, देशको लागि ठूलैकाम गर्नुभो ।।
देश बनाउनुभयो हरा र भरा पूर्ननिर्माण गर्नुभो धरहरा ।।
हजुरको आश म जस्तै अरुलाई । बुढाबुढी असहाय हरुलाई ।।
भूल्ने छैन रेलिमै हजुरको गुनलाई । गरीव दुःखी नपरोस रुनलाई ।।
चुच्चे नक्सा ल्याउनुभो चित्रमा । जग्गा ल्याउनुस यहि बर्ष भित्रैमा ।।




तस्वीर र भिडियो साभार indreni.com