About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नेपालीको दोस्रो ठूलो चाड तिहार अमेरिकामा रहेका नेपालीले पनि भब्य रुपमा मनाउदै छन । किरात कल्चर सोसाइटी अफ पिट्सवर्ग पेन्सिलभेनिया अमेरिकाले शुभ दीपावलीको अवसरमा त्यहाँ रहेका नेपाली समुदायको घर घरमा पुगेर देउसी भैलो खेलेका छन ।

फरक देश र समुदायरहेको ठाँउ भएपनि आफनो संस्कार भुल्न नहुने भन्दै देउसी खेलिएको पेन्सिलभेनियाबाट पत्रकार लोक बहादुर चौहानले जानकारी दिनुभयो । आफ्ना साना नानीहरुलाई समेत दीपावलीको बारेमा जानकारी गराउन सँगै लिएर देउसी भैलो कार्यक्रम गरिएको किरात कल्चर सोसाइटी पिट्सर्वकको अध्यक्ष केसर मुकारुङको भनाई छ । आफनै सस्कृति बमोजिम लारिंगे भट्टयाउदै देउसी खेलेका हुन ।
राष्ट्रपति जो बाइडेनले समेत दिपावली मनाएपछि नेपाली उत्साहित


अमेरिकाका राष्ट्रपति जो बाइडेन र उप राष्ट्रपति कमला ह्यारिसले समेत दीपावली मनाए पछि अमेरिकामा रहेका नेपाली समुदाय उत्साहित बनेका छन । राष्ट्रपति वाइडेनले लक्ष्मीपूजाको साँझ हवाटहाउसमा वृहत दिपाँवली साँझ कार्यक्रम आयोजना गर्नुभएको थियो । दैनिक कामकाजमा जानु पर्ने कम्पनीहरुले समेत नेपाली कामदारहरुको चाड पर्वको बारेमा सोधखोज गर्न थालेका छन् । कुनै–कुनै कम्पनीले बिदा समेत दिएको पत्रकार चौहनले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूर्योक र मेरील्याण्डका बिद्यालयहरुमा दशै र तिहारमा एक एक दिन बिदा समेत दिइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय